नियम ६३
लागत अनुमान तयार गर्नु पर्ने
(१) जुनसुकै निर्माण कार्य, मालसामान, परामर्श सेवा
वा अन्य सेवा खरिदको लागि यस नियमावलीमा उल्लेख भए बमोजिम लागत अनुमान
तयार गर्नु पर्नेछ ।
(२) खरिदको लागत अनुमान तयार गर्दा देहायका कुरा विचार गर्नु पर्नेछ ः–
(क) खरिद सम्बन्धी सम्पूर्ण काम एउटै खरिद सम्झौताबाट हुन सक्ने वा
काम पिच्छे छुट्टै खरिद सम्झौता गर्नु पर्ने,
(ख) खरिद सम्झौता नवीकरण गर्न पर्ने वा नपर्ने,
(ग) काम गराउने अन्य कुनै विकल्प छन् भने त्यस्तो विकल्प,
(घ) खरिद सम्झौता बमोजिमको काम सम्पन्न गर्नको लागि लाग्न सक्ने
अधिकतम रकम र समय,
(ङ) लागत अनुमान तयार गर्दा विचार गर्नु पर्ने भनी स्थानीय निकायले
निर्धारण गरेका कुरा,
(च) बोलपत्र वा कार्य सम्पादन जमानत लगायत मोबीलाईजेशन र
डिमोबीलाईजेशन खर्च, बीमा, परामर्शदातालाई दिनु पर्ने सुविधा
बापतका कार्यहरु, गुणस्तर परीक्षण, व्यवसायजन्य स्वास्थ्य र सुरक्षा,
एज वील्ट नक्शा, कार्य सम्पादन जमानतको कमिशन खर्च आदिको
छुट्टै आइटम बनाई लागत अनुमानमा समावेश गर्नु पर्ने ।